जीवनशैली

बुटवलका विद्यार्थीले बनाए ५ सय केजी उचाल्ने मेसिन



बुटवल २६ पुस । बुटवलको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले ५ सय केजीसम्मको तौल सजिलै उठाउनसक्ने इलेक्ट्रिक फोर्कलिफ्ट मेसिन निर्माण गरेका छन् ।जुन गह्रौं सामानहरु उठाउन सहज होस् भन्ने उद्देश्यले अभ्यास गर्दै जाँदा यस्तो मेसिन तयार भएको हो । इलेक्ट्रिक फोर्कलिफ्टले ५ सय केजीसम्मको लोडलाई सजिलै उठाउन सक्छ । मेसिनले कुनै पनि सामानलाई १८ मिटरभन्दा माथि सजिलै ट्रान्सफर गर्न र एक ठाउँबाट अर्को ठाउँमा लैजान समेत मद्दत गर्छ । मेसिन १८ मिटर नै उचाइको छ । यसमा रिमोट पनि जडान गरिएको छ । जसले जतिबेला जहाँ रोक्नुपर्ने हो त्यो स्थानमा रोक्न मद्दत गर्ने बताइएको छ ।
मेकानिकल इन्जिनियर डिप्लोमा छैटौं सेमेस्टर एफ गुप्रका विद्यार्थीले प्रोजेक्ट कार्य अन्तर्गत इलेक्ट्रिक फोर्कलिफ्ट मेसिन निर्माण गरेका हुन् । विद्यार्थीहरु सन्दिप भण्डारी, सुमन पाण्डे, सम्राट बस्याल, सुमन कंडेल, टंक नाथ गैरे, सोनी मगर, रोशन खनाल र प्रशान्त परियारको समूहले उक्त मेसिन बनाएको हो । करिब २ महिनाको अध्ययनको समयमा हप्तामा ३ दिन समय दिएर समूहले फोर्कलिफ्ट मेसिन तयार पारेको विद्यार्थी सन्दिप भण्डारीले बताए ।
करिब ३३ हजार लागतमा निर्माण भएको यो मेसिनमा १।५ हर्स पावरको मोटर, १८ मिटरको रोप, ८० सेन्टिमिटर बराबरको सी च्यानल, ४ वटा वियरिङ र २ वटा साफ्ट उपकरणहरु जडान गरिएका छन् । सामान उठाउने मेसिनलाई फोर्क भनिन्छ जसमा २ वटा साफ्ट जडान गरिएको हुन्छ, र साफ्टमा फेरि सी च्यानलभित्र ४ वटा वेयरिङ प्रयोग भएको हुन्छ, जसले सलाइड गरेर सामानहरु माथि पुर्‍याउने काम गर्छ ।
त्यस्तै साफ्टमा हुक जडान गरिएको हुन्छ र माथि पुल्ली जडान गरिन्छ । यो मेसिन रोप पुल्ली मेकानिजमा आधारित निर्माण गरिएको मेसिन हो । भविष्यमा यसलाई आफ्नो आवश्यकता अनुसार यसको उचाइ पनि बढाउन सकिने विद्यार्थीले बताए।

प्रकाशित : २६ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६