प्रदेश

बाँकेमा ३६ बालबालिकामा दादुरा पुष्टि



बाँके २६ पुस — नेपालगन्जमा अस्पताल र चिकित्सकको कुनै कमी छैन । विशेषज्ञसहितको उपचार सेवा दिन सक्ने क्षमताका सरकारी र निजी अस्पताल यहाँ प्रशस्तै छन् । तर, दादुराको संक्रमणले शिशुहरूको ज्यानै जान थाल्दासमेत अभिभावकले संक्रमित बालबालिकालाई अस्पताल पुर्‍याएका छैनन् ।
नेपालगन्ज उपमहानगरपालिका–५ मा दादुराले सिकिस्त भएका ३१ महिने शिशुको पुस १३ मा मृत्यु भयो । मृत्यु हुने शिशुको घर–छिमेकमा अरू पनि संक्रमित छन् । तर, कसैलाई पनि अहिलेसम्म अस्पताल पुर्‍याइएको छैन । स्वास्थ्य कार्यालय बाँके र उपमहानगरको स्वास्थ्य महाशाखाले शनिबारसम्म उपमहानगरमा दादुराका ३६ जना संक्रमित फेला पारेको जनाएको छ । तीमध्ये कसैलाई पनि उपचार गर्न अस्पताल नलगिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए । यंसेविका परिचालन गरी घरघरै पुगेर स्वास्थ्यप्रति हेलचेक्र्याइँ नगर्न अनुरोध गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।
स्वास्थ्य निकायहरूले टोलटोलमा माइकिङ गर्दै बिरामीलाई अस्पताल पुर्‍याउन र चिकित्सको सम्पर्कमा रही दादुराको खोप लगाउन अपिल गर्न थालेका छन् । ‘यसको औषधि हुँदैन । आफैं सन्चो हुन्छ भन्दै स्थानीयले बिरामीलाई घरमै राखेका छन्,’ सामाजिक अभियन्ता मैमुना सिद्धिकीले भनिन्, ‘यस्तो सोचका कारण दादुरा हुँदा कपूर लगाउने र फुकाउने चलन छ । यस्तो सोचाइमा परिवर्तन ल्याउन आवश्यक छ ।’ स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई तीन दिनदेखि दादुराको खोप लगाउन थालेका छन् । शुक्रबारसम्म ८ सय ७५ जनाले खोप लगाएका छन् । तीमध्ये ४ सय ४१ बालिका र ४ सय ३४ बालकले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयको १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य छ । शनिबार नेपालगन्जदेखि ८ किलोमिटर पश्चिम खजुरा गाउँपालिकाका एक बालकमा दादुराको संक्रमण देखिएको स्वास्थ्यकर्मी बताएका छन् ।

प्रकाशित : २६ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६