तुलसीपुर २६ पुष – लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले थारु जातीले बनाएको जाड, रक्सी अनदीको झोल बेच्न पाउनु पर्ने बताएका छन् । त्यसको लागि यो वर्ष लुम्बिनी प्रदेश सरकारले सक्सी सबैले बेच्न र बोतली करण गर्न पाउँनु पर्छ भनेर निर्णय समेत गरेको जानकारी दिए । मटाँवा महासंघ तुलसीपुर नगर कमिटीले सोमबार आयोजना गरेको माघ महोत्सवको प्रमुख अतिथि समेत रहेका मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
विदेशी व्राण्डको ब्ल्याक लेभल र रेड लेभल भन्दा थारु समुदायले बनाउने अनदीको झोल, जाड, डारु ९रक्सी० कयौं गुणा गुणस्तरिय भएकाले यस्लाई थारु समुदायले बेचेर आम्दानी गर्न पाउँनु पर्ने बताए । थारु जातिलाई पुर्खाहरुले जाड रक्सी बनाउन सिकाएको सीपलाई व्यवसायकरण गर्दै अगाडी बढाउनु पर्ने बताउँदै यस्लाई कसैले रोक्न खोजेमा आन्दोलन गर्न तयार हुनु बताए । साथै उनले अनदीको रोटी, ढिक्रि, कोलमा पेलेको तेल कसरी बेच्न सकिन्छ भनेर सोच्नु पर्ने बेला आएको बताउँदै गाउँ÷गाउँमा आफ्नो संस्कृति बनाउँदै पैसा लिएर देखाउने चाल चलन अगाडी बढाउनु पर्ने बताए ।
अहिले थारुहरुको संस्कृति जोगाउन दाङका महटवाहरु अग्रसर भएकोमा खुशी व्यक्त गर्दै थारुहरुको खानपीनको संरक्षणसहित थारु महटवा, गुरुवाहरुलाई भत्ताको व्यवस्था गर्न आफु प्रतिवद्ध रहेको बताए । मटहवा महासंघ तुलसीपुर नगर कमिटिका अध्यक्ष बुझौना थारुको अध्यक्षतामा भएको माघ महोत्सवमा ५१ बढी मघौंटा नाँच, अस्टिम्की नाँच, महोत्या नाँच लगायतका नाँच प्रस्तुत गरिएको थियो ।
२६ पुस २०७९, मंगलबार
प्रतिक्रिया