पशुपति गिरी
कपिलवस्तु, २६ पुस ।
कपिलवस्तुको बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति नन्दनगरको अध्यक्षमा पुन: दोस्रोकालको लागि बिश्व कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।खानेपानीको क्षेत्रमा जिल्लामै सर्वाधिक ३३ कराेड बजेट भित्र्याएर निर्माण कार्य अघि बढाएका कार्कीले उक्त कार्य सम्पन्न गर्न समेत आफ्नाे पुनः नेतृत्व आवश्यक रहेकाे दावी गरेका छन् । पहिलो कार्यकाल अध्यक्ष भएर संस्थाको उन्नति, प्रगति, बिकास, उपभोक्ताको हकहित र सेवा सुबिधाको निम्ति करिब ५ बर्ष समर्पित भई काम गरेका कार्कीले पुनः दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।आगामी पुस ३० गतेका दिन खानेपानीको पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशन हुँदै छ ।नन्दनगर कार्यालय रहेको खानेपानीको नेतृत्वका लागि आधा दर्जन भन्दा बढी आकांक्षी रहेको बताइएको छ ।








प्रतिक्रिया