ब्रेकिंग न्युज

कवि शिरोमणि लेखनाथ पौड्यालको १ सय ३९ औं जन्मजयन्ती



कपिलवस्तु, २६ पुस

कपिलवस्तुमा कवि शिरोमणि लेखनाथ पौड्यालको १ सय ३९ औं जन्मजयन्ती मनाइएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउँ स्थित जलेश्वर मन्दिरको सभाहलमा आज (मंगलबार) एक समारोहको आयोजना गरी जन्मजयन्ती मनाइएको हो । बाणगंगा साहित्यीक प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार ज्ञानराज अर्याल, सूर्यप्रसाद भुसाल, नित्यानन्द पाण्डे र कृष्ण प्रसाद घिमिरेले लेखनाथ पौड्यालको कृतित्व, व्यक्तित्व एवं साहित्यीय योगदानको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा दधि स्मृति साहित्य समाजका अध्यक्ष लेखनाथ घिमिरे, साहित्यकारहरु राधा पाण्डे र कृष्ण प्रसाद पाण्डेले आ–आफ्ना रचना समेत वाचन गर्नुभएको थियो ।कार्यक्रम बाणगंगा साहित्यीक प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता, सचिव मोहन प्रसाद अधिकारीको सञ्चालन र उपाध्यक्ष देवका भण्डारीको स्वागतमा सम्पन्न भएको थियो ।

प्रकाशित : २६ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६