प्रदेश

माओवादी नेता महरा एकाएक काठमाण्डौं



बुटवल २७ पुष । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि सत्ता साझेदार दलहरुले आज दाबी पेश गर्ने भने पनि हुन सकेन । लुम्विनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुने गरी दाबी पेश गर्नेगरी मँगलबार दिउसो ४ बजे प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्ने बताए पनि आन्तरिक गृहकार्य पूरा नभएको भन्दै भोलिका लागि सारिएको छ ।
४९ सांसदको हस्ताक्षर सहित आज सरकारको दाबी पेश गर्ने कार्यतालिका अनुसार नेकपा माओवादी केन्द्रले निर्णय दिन नसक्दा रोकिएको हो । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा आजै विहान काठमाण्डौं गएका थिए । प्रदेशको मुख्यमन्त्री पदमा दाबी गर्दै आएका उनले आफूले मुख्यमन्त्री नपाउने भएपछि केन्द्रका नेतृत्वसँग छलफलका लागि काठमाण्डौं हानिएका माओवादीका एक नेताले ग्लोबल आवाजलाई बताए । केन्द्रमा दलहरु बीच भएको सहमती अनुसार लुम्बिनीमा एमालेले ५ वर्ष नै मुख्यमन्त्री पाउने भएपछि माओवादी भित्र आधा कार्यकाल आफूहरुले पनि नेतृत्व गर्न पाउनु पर्ने कुरा उठ्न थालेको छ । आधा कार्यकाल भए पनि आफू मुख्यमन्त्री बन्न पाउनु पर्ने महराले दाबी नछाडेको एक नेताले बताए ।
प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको नियुक्तीका लागि मँगलबार सबै तयारी पूरा गरी सकेको थियो । माओवादी केन्द्रका नेता तथा प्रदेश सभासदस्य तुलाराम घर्ती मगर ९बसन्त०ले आवश्यक तयारी नपुगेका कारणले मुख्यमन्त्रीको दावी पेश गर्न नसकिएको बताए । अरु कुनै कारण होईन अन्य दल र स्वतन्त्र सांसदहरुको समेत हस्ताक्षर सहित जान सकिन्छ की भन्ने हो उनले भने । मुख्यमन्त्रीको कार्यकालका बिषयमा हिजो नै सहमती भईसकेकोले अव त्यता तिर नजाऔं हामीले अझै तयारी गर्नु पर्ने भएकोले हो उनले थपे ।
एमाले नेता भुमिश्वर ढकालले सरकारमा सहभागी हुने जनमत र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु काठमाण्डौबाट आउने क्रममा मौसमका कारण बिमानस्थलमा रोकिएका कारण आज पेश गर्ने भनिएको मुख्यमन्त्रीको दावी भोलीका लागि सारिएको बताए । प्रदेश प्रमुख शेरचनले आब्हान गरे बमोजिम संबिधानको धारा १६८ को उपधारा २ बमोजिमको नेकपा एमालेको नेतृत्वमा बहुमतीय सरकार गठन गर्नका लागि आज दिउसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा जाने कार्यक्रम तय गरिएको थियो ।
नागरिक उन्मुक्ति पार्टी बाहेकका सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठकले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गर्ने निर्णय गरेका थिए । दलहरुले भोली सरकारको दाबी पेश गर्ने र पर्सी विहिबार सपथ लिने तयारी गरेको एक नेताले बताए ।

प्रकाशित : २७ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६