प्रदेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त



काठमाण्डौ, २७ पुस । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त हुनुभएको छ ।गिरी सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँलाई आज बुधवार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

गिरी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बन्नुभएको हो । यसअघि नेकपा एमालेबाट लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्रीको रूपमा शंकर पोखरेल र दोस्रो मुख्यमन्त्रीको रूपमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी बन्नुभएको थियो ।

गुल्मीको रुरु गाउँपालिका जन्मिनुभएका गिरीले स्नातकसम्मको अध्ययन गर्नुभएको छ । उहाँले भारत, चीन, जापान, अमेरिका र कोलम्बियाको भ्रमण गर्नुभएको छ । उहाँ यसअघिको सरकारमा उद्योग, वन, पर्यटन, वातावरण मन्त्री हुनुहुन्थ्यो । उहाँले केही समय लुम्बिनी प्रदेश सरकारमै आन्तरिक मामिला तथा कानुन मन्त्री र स्वास्थ्यमन्त्रीको रूपमा समेत काम गर्नुभएको थियो । गिरी गएको मङ्सिर ४ गतेको चुनावमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित हुनुभएको थियो ।

प्रकाशित : २७ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६