प्रदेश

शितगङ्गाको १२ औं नगरसभा स्थगित, नगरपालिकालाई विभाजनगरी गाँउपालिका बनाउनु पर्ने माग




अर्घाखाँची, २७ पुस । अर्घाखाँचीको शितगङ्गा नगर नगरपालिकाको नगरसभा स्थगित भएको छ । केहि दिन पहिला बसेको नगर कार्यपालिका बैठकमा नगरपालिकालाई बिभाजित गरि गाउपालिका बनाउनु पर्ने कार्यपालिकाबाट निर्णय गरि प्रदेस र केन्द्रमा सिफारिस गर्नुपर्ने माग उठेपछि सुरु भएको बिबाद दिनप्रतिदिन उत्कर्षमा पुगेपछि नगरसभा नै स्थगित भएको उच्च श्रोतको दाबि छ ।

कार्यपालिका बैठकमा नेकपा एमालेका उपसचिव तथा वार्ड नम्बर ९ का वार्ड अध्यक्ष भिम केसि सहितका केही वार्ड अध्यक्षहरुले नगरपालिकालाई बिभाजन गर्न माग गरेपछि बैठक निर्णय बिना उठेको थियोे ।

नगरपालिकाको कार्यपालिका बैठकमा कुरा उठेपछि नगरप्रमुख छबिलाल पौडेलले सितगङ्गा नगरपालिका स्थित स्थानिय राजनीतिक दलहरु पुर्व जनप्रतिनिधि वर्तमान जनप्रतिनिधिहरुको सयुक्त सर्वपक्षीय बैठकको आयोजना गरिएको थियोे ।

बैठकमा सितगङ्गा नगरपालिकालाई विशेष क्षेत्र घोषणा गर्नु पर्ने उपमहानगरपालिका बनाउन माग गर्ने नगरपालिकालाई टुक्राउन नहुने आबाज उठेपछि बिबाद उत्कर्षमा पुगेपछि बुधबार २७ गतेका लागि गर्ने भनिएको नगरसभा स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताए।

प्रकाशित : २७ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६