अर्थ-वाणिज्य

जीतपुरमा पृथ्वीनारायण शाहको राष्ट्रिय एकता दिवस भव्य



सागर क्षेत्री
कपिलवस्तु २८ पुस। कपिलवस्तुको जितपुर ४ नं मा दर्शन समाज कपिलवस्तुले बुधवार स्वर्गीय पृथ्वीनारायण शाहको ३०१ औ जन्म जयन्तीको अवसरमा भव्य र्याली सहित कोण सभा गरेको छ । र्यालीले स्वर्गीय शाहको फोटो सहित वनगाई देखि ४ न सम्म र्याली गरि सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख वहादुर पछाईले पुर्खा र पूर्वजहरूलाई सम्मान गर्नु पर्ने बताउनुभयो ।बाइसे चौबिसे राज्य रहेको अवस्थामा एकीकरण गरी सिगों नेपाल निर्माणमा स्वर्गीय शाहको ठुलो योगदान रहेको चर्चा गर्नु भयो ।
कार्यक्रममा बोल्दै भु.पु. सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले राष्ट्र निर्माता शाहको सम्मान र योगदानको कदर सबैले गर्नु पर्ने बताउनु भयो । स्वर्गीय शाहको जन्मजयन्तीमा सरकारले सार्वजनिक विदा दिएकोमा राष्ट्रप्रति सम्मान भएको उहाँले जनाउनु भयो ।समाजका अध्यक्ष सुष्मा खाँणको अध्यक्षता पत्रकार सागर विकको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डे , समाजसेवी रबिराज आचार्य लगायतले बोल्दै स्वर्गीय शाहको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा शाहको तस्विरमा फुल माला अबिर लगाई सम्मानका साथ स्मरण गरिएको थियो । कार्यक्रममा वाणगंगा वेलफेयर सोसाईटिद्धारा स्वर्गिय शाहको सम्झनामा दिपप्रज्जवलन गरिएको थियो ।

प्रकाशित : २८ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६