अर्थ-वाणिज्य

जनमुखी बहुमुखी सहकारीमा पुनः सुबेदी




कपिलवस्तु २८ पुस । जनमुखी वहुमुखी सहकारी संस्था वाणगंगा कपिलवस्तुको अध्यक्षमा द्रोणराज सुबेदी आगामी ४ वर्षका लागि पुनः निर्वाचित हुनु भएको छ । संस्थाको २९ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनबाट सुबेदी सर्वसम्मत निर्वाचित हुनु भएको हो । त्यस्तै गरि कार्यसमितिको उपाध्यक्ष सरिता देबी ढकाल , सचिव टेकेन्द्र वहादुर क्षेत्री , सहसचिव देवी वहादुर पोख्रेल , कोषाध्यक्ष गोबिन्द प्रसाद ज्ञवाली , त्यसै गरि सदस्यहरुमा कमल प्रसाद खनाल , बिनु खनाल , खुमवहादुर राना मगर , जित वहादुर गुरुङ निर्वाचित हुनु भएको छ ।

यसैगरी यम कुमारी गाहा , दोलख वहादुर पछाई , खेमराज पौडेल सर्व सम्मत सदस्यमा निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक तेजप्रसाद आचार्यले बताउनु भयो । नवनिर्वाचित अध्यक्ष सुबेदीले संस्थालाई अझ मजवुद बनाउने , शेयर सदस्यहरुको जनजिवीकामा परिर्वतन ल्याउने जनाउनु भएको छ ।

प्रकाशित : २८ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६