कपिलवस्तु २८ पुस । लुम्विनी प्रदेशको स्थायी राजधानी देउखुरीमा बीहिवार २ रोचक दृष्य देखिए । पहिलो थियो सत्ता गठबन्धन भत्काउन सफल एमालेको तर्फवाट संसदीय दलका नेता लिलागिरीले मुख्यमन्त्रीको सपथ लिएर पदभार ग्रहणगर्नु । दोश्रो दृष्य थियो निवर्तमान मुख्यमन्त्री कुल प्रसाद केसी सहितका अन्य ब्यक्तिलाई पञ्चेवाजा वजाएर नागरिक अभिनन्दन गरिनु । राजधानी व्यवस्थापन तथा सहजीकरण मुल समिति देउखुरीले बिहीबार लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री, मन्त्रीहरू सहित केही कर्मचारीहरूलाई पञ्चेबाजा सहित नागरिक अभिनन्दन गरेको हो ।
लुम्बिनी प्रदेशको राजधानीलाई अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी देउखुरीमा स्थापना गर्ने, स्थान्तरण तथा कार्यान्वयनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै निर्वतमान मुख्यमन्त्री कुलप्रसाद केसी, स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारू, अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्मा, प्रदेश पुर्वधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेल लगायतका एक दर्जन बढी मन्त्री तथा कर्मचारीहरू तथा पालिका प्रमुखहरुलाई समितिका अध्यक्ष प्रकाश विष्टले कदरपत्र सहित नागरिक अभिनन्दन गरेका हुन् ।
समितिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारू, आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्मा, सचिव दुर्लभ पुन, प्रदेश पुर्वधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका सचिव नेवबहादुर वलीले स्वागत गरेको कार्यक्रममा धन्यवाद ज्ञापन राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले गरेकी थिइन् । भने कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका सुचना अधिकारी एवम् शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।








प्रतिक्रिया