प्रदेश

शिवराज १२ औं नगर सभाः अनिवार्य तथा नि:शुल्क शिक्षा कार्यान्वयन सम्बन्धि विधेयक पास




कपिलवस्तु, २९ पुस ।
कपिलवस्तु शिवराज नगरपालिकाको १२ औं नगर सभा विहीबार बसेको छ । हिउँदे नगर सभामा पेश गरिएका विभिन्न विधेयकलाई सर्वसम्मत रुपमा पास गरिएको छ । शिवराज नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन गर्नका लागि विधेयक जारी गरेको छ ।

नगर प्रमुख अजय थापा निर्वाचित भएपछि कक्षा १२ सम्मको शिक्षालाई निशुल्क बनाउने घोषणा गरेका थिए । उक्त घोषणा कार्यान्वयन गर्नका लागि शिवराजले विधेयक बनाएको हो । नगरको हिउँदे सभामा यो विधेयक पास भएसंगै अब निशुल्क शिक्षा बनाउने बाटो खुलेको छ ।

विधेयक समिति संयोजक रामबहादुर चौधरीले नगर प्रहरी विधेयक, निशुल्क शिक्षासंगै खानेपानी, सरसफाई तथा स्वच्छता विधेयक, विधायन समिति गठन तथा संचालन नियमावली, सुशासन समिति गठन तथा नियमावली, लेखा समिति गठन तथा नियमावली, साविक स्थानीय निकायबाट समायोजन भएका कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ नगरसभामा प्रस्तुत गरेका थिए । यी विधेयक र नियमावलीलाई नगर सभाले पास गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताए ।

नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख थापाले जनताको हितमा रहेर काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिनुभयो । समयमै योजनाको काम सक्ने र पारदर्शी ढंगबाट काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनताको सर्वोपरी हितमा रहेर आ आफ्नो काम गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रकाशित : २९ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६