खोज–अनुसन्धान

बाणगंगाको नगर सभाले थप्यो १ करोड ५० लाखका नयाँ योजना




कपिलवस्तु ३० पुस । कपिलवस्तुको बाणगंगा नगरको १२ औ नगरसभाले चालु आवमा भएका आम्दानी तथा खर्चको विवरण तुलना गर्दै केहिकेहि शिर्षकमा वजेट स्थानान्तरण गरेकोछ । चालु आवमा प्राय सबै योजना कार्यान्यनमा गएकाले धेरै शिर्षक यथावत नै राखेर जानेगरी केहि मात्र शिर्षक संशोधन गरिएको मेयर चक्रपाणी अर्यालले वताउनु भयो । मेयर अर्यालको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको सहजीकरणमा भएको नगर सभामा मेयर अर्यालले नगरसभा सदस्यले राखेका विभिन्न प्रश्न तथा जिज्ञासाको संवोधन गर्दै वाणगंगालाई समृद्ध र शुसासन युक्त नगर वनाएर लैजान अवको सम्पूर्ण समय नगर विकासम खर्च गर्न सबैलाई आग्रह गर्नु भयो ।


सो अवसरमा वोल्दै उपमेयर रीता कुमारी थारुले बाणगांगको विकासमा कुनै पनि प्रकारको विभेद र राजनैतिक पूर्वाग्रह नराख्ने सस्कार सस्थागत भएको भन्दै यसलाई अझ वढाउन सबैमा आग्रह गर्नु भयो । प्रम्ुाख प्रशासकिय अधिकृत भुसालले आफू यसपालीको नगर सभामा सहभागि भएर हेर्दा यहाका जनप्रतिनिधीको स्तर धेरै माथिको रहेको पाएको वताउनु भयो । नगरसभाले पुराना योजनाको केहि संसोधन र राजश्वमा आएको बृद्धि अनुरुप नयाँ प्रस्तावित योजनाहरु स्वीकृत गरेको छ ।नगरका ११ वटै वडामा करिब १ करोड ५० लाख बराबरको नयाँ योजना थप गरिएको वडा नं २ का वडा अध्यक्ष एवं नगर प्रवक्ता विष्णु पौडेलले बताउनु भयो । यो सभाले विभिन्न विषयगत क्षेत्रका कामको प्रगती ,चालु आवमा भएका कामको विवरण र अव गर्ने कामको विषयमा विस्तृत समीक्षा गरेकोछ । संघिय ब्यवस्था अनुसार हरेक वर्षको २ वटा स्थानीय सभा हुने गर्दछ सोही अनुसार यो हिउदे अधिबेशनको रुपमा हेरिने नगर सभा समेत हो । यसले आवश्यक केहि विद्ययेक समेत पारीत गरेको वताइन्छ ।

प्रकाशित : ३० पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६