पार्वती पाण्डे
भालुवाङ ३० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश राजधानीलाई अनूभूत गर्न लायक ब्यबस्थित बनाउन संचार क्षेत्रको सहयोग अपरिहार्य भएको वताउनु भएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको शनिबार दाङको राप्ती गाउँपालिकामा आयोजित तेस्रो विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री गिरीले प्रदेशको स्थायी राजधानी देउखुरीमा अब स्थायी संरचना निर्माणको कामलाई तीव्रता दिइने बताउनु भयो ।समग्र प्रदेश सरकार सफल भयो भने सिंगो मुलुक नै सफल हुने र नागरिकको जीवनस्तर माथि उठ्ने भन्दै मुख्यमन्त्री गिरीले यसको लागि सञ्चार जगतको सहयोग अपरिहार्य हुने स्पष्ट पार्नु भयो ।
त्यस्तै उहाले केपी ओली मुलुकको सर्वाधिक लोकप्रिय नेता भएको बताउदै मुलुकको अहिलेको राजनीतिक नेतृत्वमा केपी ओली नै जनतामा सर्वाधिक लोकप्रिय नेता भएको औल्याउनु भयो ।२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन नगरेको भए ओली सडकमा आउने र त्यस्तो अवस्था आएको भए मुलुक निकै नै संकटपूर्ण अवस्थामा पुगेको हुने भन्दै मुख्यमन्त्री गिरीले संसद विघटन गरेर ओलीले मुलुकलाई संकटमा जानबाट जोगाएको टिप्पणी गनए ुभयो । वैठकका प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सबिन प्रियासनले सत्य र तथ्य कुराहरुलाई आधार मानेर प्रदेश सरकारले गरेका राम्रा कामहरु जनसमक्ष पस्किनु पत्रकारको दायित्व भएको बताउनु भयो ।
साथै उहाँले पत्रकारीताको विकासका लागि सरकारले पनि सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा चौतारीका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज प्रदिप आचार्यले संगठनलाई मजवुद पार्दै रचनात्मक कार्यहरु गर्नु पर्ने बताउनु भयो । असल पत्रकारीतालेनै देश समृद्ध बन्न ठुलो सहयोग मिल्ने बताउनु भयो । कार्यक्रममा चौतारीका पुर्व केन्द्रीय उपाध्यक्ष एवं प्रेस काउन्सीलका सदस्य शरद अधिकारीले पत्रकारीताका मर्म र भावना अनुसार समाचार प्रकासन तथा प्रकाशन गर्नु पर्ने बताउनु भयो । वैठकका चौतारीले ७ बुँदे देउखुरी घोषणा पत्र समेत जारी गरेकोछ ।
त्यस्तै वैठकले प्रदेश कार्य समितिमा पुर्णताका लागि हरि अधिकारी , माधव न्यौपाने , रञ्जिता शर्मा , हुमहरी भट्राई ४ जना सचिवमा मनोनित गरेको छ । आउदो फागुन मशान्त भित्र निस्क्रीय रहेका प्रेस चौतारीका जिल्ला कार्य समितिहरुलाई पर्नगठन गर्ने , माघ २२गते पर्ने चौतारीको स्थापना दिवसमा १२ वटै जिल्लामा रचनात्मक कार्य गर्ने , आर्थिक पत्रकारीता तालिमको आयोजना लगायतका महत्वपुर्ण निर्णय गरिएको प्रदेश अध्यक्ष शोभाखर पन्थिले बताउनु भयो । चौतारीले पत्रकार महासंघमा शुद्धिकरण अभियान चलाउने समेत निर्णय भएको महासचिव निरु गौतमले बताइन । वैठकमा लुम्बिनी प्रदेशका सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया