प्रदेश

गुरुयोजना भएन कार्यान्वयन रोकिएन नदी कटान



बाँके १ माघ । बाँकेमा राप्ती नदी बाहेक मानखोला, डुडुवा खोला र मोरङ्गा खोलाको निरन्तरको कटानका कारण बर्षेनी सयौं बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ । कटान नियन्त्रणका लागि सरकारी कार्यालयले बनाएको गुरुयोजना बजेट अभावमा कार्यान्वयनमा आउन सकेको छैन ।
तीन वटै खोलाको कटान नियन्त्रणका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगञ्जले छुट्टाछुट्टै गूरुयोजना बनाएको निमित्त कार्यालय प्रमुख परशुराम चौधरीले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार करिब चार वर्षअघि खोलाको कटान नियन्त्रणका लागि गूरुयोजना निर्माण गरिएको भए पनि न्यून बजेटका कारण कटान रोकथाम र नियन्त्रणमा प्रभावकारी काम हुन सकेको छैन ।
मानखोला कटान नियन्त्रणका लागि चिसापानीदेखि खजुरा गाउँपालिकासम्म दुवैतर्फ तटबन्ध गर्नेगरी करिब एक अर्ब ६९ करोड रुपियाँ खर्च हुनेगरी गुरुयोजना तयार पारिएको छ । तर नियन्त्रणका लागि निश्चित स्थानमा ससाना कामका लागि १५ लाख रुपियाँ बजेट विनियोजन हुनेगरेको छ ।
बाँके क्षेत्र नम्बर ३ ९१० बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले मानखोलाको कटान नियन्त्रणका लागि गुरुयोजना अनुसार अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । १०–२० लाखको टुक्रे आयोजनाले कटानको दीर्घकालीन समाधान हुन नसक्ने सांसद खत्रीले बताउनुभयो ।

प्रकाशित : १ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६