प्रदेश

जाडो बाट ज्यान जोगाउन आएका आगन्तुक चरा आफै असुरक्षित



कपिलवस्तु १ माघ । जाडो छल्न कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बुड्ढी तालमा आएका चरा असुरक्षित भएका छन् । नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपका विकास गर्दै आएको बुड्ढी तालका चरा स्थानीयले मार्न लागेपछि असुरक्षित बनेका हुन् ।
अहिले तालमा पानी चरा, जाडो छल्न आएका आगन्तुक चरा, रैथाने चराहरू छन् । स्थानीयले ती चराहरू पासोमा फसाउने, गुलेलीले हानेर मारेको प्रमाण देखिएको पन्छी संरक्षण सङ्घका फिल्ड बायोलोजिस्ट दिलीप चन्दले बताउनुभयो । सो तालमा शुक्रबार चरा गणना गर्ने क्रममा तालको आसपासमा गुलेलीले चरालाई हानेको देखिएको चन्दले बताउनुभयो ।
जसका कारण चराहरू मानिस नजिक देखेपछि उडेर भाग्ने गरेका छन् । तालको आसपासमा माटिकोरे ९किङ्ग फिसर०, हुचिल ९लाटोकोसेरो०को प्वाँख समेत फेला परेको चरा गणनामा खटिनुभएका नेचर गाइड ईश्वरीप्रसाद चौधरीले बताउनुभयो । तालमा जथाभाबी रूपमा माछा मार्न जाल थापिएका छन् ।
हुचिल मार्न बल्छीमा मरेको मुसा राखेर पासो थाप्ने गरिएको छ । पन्छी संरक्षण सङ्घले चरा गणनाको क्रममा तालमा २१ प्रजातिका चरा फेला पारेका छन् । करिब ७ देखि ८ सयको हाराहारीमा चरा देखिएको जनाएको छ । धेरै सङ्ख्यामा आगन्तुक चरा सिलसिले हाँस रहेको बताइएको छ । ।

प्रकाशित : १ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६