प्रदेश

दुर्घटनाग्रस्त विमानमा परिवारसहित सवार थिए, ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ



काठमाडौं, ०१ माघ । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा दुई डाक्टर दम्पती पनि परेको खुलेको छ।उक्त विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर पनि सवार रहेको पुष्टि भएको छ। उनीहरू आफ्नो सानो बच्चाका साथ पोखरा छुट्टी मनाउन गएका थिए।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले डा. श्रेष्ठले हिजो र अस्ति ओटी गरेर एक दुई दिन बिदा लिएर उनीहरू पोखरा घरमा विदा मनाउन पोखरा जान लागेको समेत आफूलाई बताएको जानकारी दिए।

उनले भने, ‘हिजोसम्म काम नै गर्नुभएको थियोु उहाँहरूको घर नै पोखरा भएको कारण बिदा मनाउन घर जान्छु भन्नुभएर दुई दिनको बिदा लिनुभएको थियो’

डा= श्रेष्ठको श्रीमती पनि अर्थोपेडिकको डाक्टर भए पनि उनी भने ट्रमा सेन्टरमा कार्यरत थिइन्। न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए । पोखरा स्थायी घर भएका डा. श्रेष्ठ काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेका हुन् । आज पोखरामा विमान दुर्घटनामा परेको विमानमा सवार यात्रुहरूको नाम लिष्टमा उनीहरू तीनजनाकै नाम छ।

प्रकाशित : १ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६