अर्थ-वाणिज्य

माछा मार्दा एकको मृत्यू भएपछि ८ पक्राउ




पाल्पा १ माघ। अनधिकृत रूपमा विद्युत चोरी गरी माछा मार्ने क्रममा साथीको ज्यान गएपछि पाल्पा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । जिल्लाको माथागढी–१, अघाहाखोलामा माछा मार्ने क्रममा शनिबार बेलुकी करेन्ट लागेर रम्भा गाउँपालिका–४, का ३० वर्षीय विष्णुबहादुर थापाको ज्यान गएको थियो ।थापाको तानसेनस्थित पाल्पा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । विद्युतको मेन लाइनमा बगेको विद्युत हुक गरी माछा मार्ने क्रममा थापालाई करेन्ट लागेको थियो ।घटनामा परी थापाको मृत्यु भएपछि प्रहरीले माछा मार्न सँगै गएका ८ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो ।
पक्राउ पर्नेमा रम्भा–४, का २५ वर्षीय यमप्रसाद दर्लामी, सोही स्थानका २१ वर्षीय विष्णुबहादुर दर्लामी, १८ वर्षीय सुजन रेश्मी, २४ वर्षीय सोमबहादुर सिंजाली, २९ वर्षीय सोमबहादुर गाहा रहेका छन् । यस्तै रम्भा ४ हुमिनकै ३० वर्षका रिकमान दर्लामी, १६ वर्षका निसान दर्लामी र २३ वर्षका मदनबहादुर थापा रहेका छन् ।

प्रकाशित : १ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६