प्रदेश

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा



काठमाण्डौ, ०२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बिहान ओली निवास बालकोट पुग्नु भएको हो । भेटमा मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुखको चुनावलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ ।

सभामुखको चुनाव पर्सि बुधवार हुँदैछ । चुनाव नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको छ । प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्नेबारे सत्ता गठबन्धनबीच सहमति भने बनिसकेको छैन । यस्तै, राष्ट्रपति पनि कसलाई बनाउने भन्ने सहमति भइसकेको छैन ।

गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले मन्त्रिपरिषद्लाई पनि पूर्णता दिन सक्नु भएको छैन । गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको हो । पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएका दाहालले त्यही दिन ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । तर मन्त्री भएका चार जनाले अझै मन्त्रालय पाएका छैनन् ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएकाले सत्ता गठबन्धनको भविष्य के होला भन्ने टीकाटिप्पणी समेत सुरु हुन थालेको छ ।

प्रकाशित : २ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६