प्रदेश

विमान दुर्घटना : २४ शवको पोखरामा र ४६ शवको काठमाण्डौमा पोस्टमार्टम हुने, दुई जनाको शव ड्रोनको समेत प्रयोग गरेर आज बिहानदेखि नै खोजी



कास्की ३ माघ – यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनामध्ये २४ शवको पोखरामा पोस्टमार्टम हुने भएको छ ।
२४ जना शवको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो ।
सदाकत अलि मिया, त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रशिद्धि पौडेल, जीवनकला गुरुङ, डा। गणेश थापा, पूर्णबहादुर गुरुङ, सङ्गीता शाही, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ, शिवकुमार गुरुङको शवको पोखरामा पोस्टमार्टम हुने भएको छ ।
बाँकी ४६ जनाको शव आज बिहान काठमाण्डौ पठाउने तयारी छ। काठमाण्डौमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको छ । अहिले बिहान हेलिक्टरमार्फत् शव काठमाण्डौ लगिने शाहीले बताउनु भयो । पोखरामा रहेका शवहरु केहीको पोस्टमार्टम गरेर आफन्तलाई बुझाएको उहाँले बताउनु भयो । अहिले पनि पोस्टमार्टमको काम भइरहेको छ ।
बाँकी दुई जनाको शव ड्रोनको समेत प्रयोग गरेर आज बिहानदेखि नै खोजी भइरहेको उहाँले बताउनुभयो।

प्रकाशित : ३ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६