प्रदेश

मन्त्री बन्न लागेका किराँतीका बाबुछोराको संवाद– उहिले फोक्लेन्डको लडाईंमा मरेको भए……



काठमाण्डौं, ०३ माघ ।
नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले आफू पर्यटनमन्त्री बन्न लागेको भन्दै आफ्नो बुवासँगको संवाद उल्लेख गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा अस्पतालको बेडमा रहेका बुवाको तस्बिर पोस्ट गर्दै उनले ‘डाँडाको जून घामजस्तै बुवासँग कुराकानी’ भनेर लेखेका छन् ।

उनले लेखेका छन्–
मैले भनेँ–
म – बुवा, म मन्त्री हुने भएछु  ।
बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन, यो सपना हो कि विपना हो ?
म – हो बुवा साँच्चै हो, विपना नै हो । (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)
बुवा – मन्त्रीचाहिँ कसरी भइस् ? कसले गर्दा भइस् ?
म – पहिलो त तपाईंहरूले जन्माउनुभयो, दोस्रो त मैले धेरै राजनीतिमा दुःख गरेँ । तेस्रो, जनताले माया र भरोसा दियो । चौथो, पार्टीले विश्वास गर्‍यो ।
बुवा– राम राम राम ! म उहिले फोक्लेन्डको लडाईंमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिनँ थे !
म – म पनि जनयुद्धमा मरेको भए, त्यस्तै त हो…।
बुवा– हाम्रो वंशमा वडाध्यक्षसम्म कोही भएनौँ, राम्रो गर्नु ।
म – पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो । म मिहिनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ, आज हामीसँगै हुन पाएको भए…।
बुवा – म गएपछि तेरो आमासँग भेट हुन्छ नै होला, म सबै भनिदिउँला ।
बुवा रुनुभो ! म…!

सम्झेँ–
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रुनुभएको थियो । आज पनि उस्तै रुनुभो । तर प्रसँग बेग्लाबेग्लै थियो, आँसु भने उस्तै । आँसुको मुहान र भाव भने फरक । साभार बाह्रखरी

प्रकाशित : ३ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६