कपिलवस्तु ३ माघ ।सिद्धिपुर सामाजिक महिला विकास संस्थाको आयोजना र वाणगंगा नगरपालिकाको सहयोगमा ३ दिने नेतृत्व तथा क्षमता विकास तालिम मंगलवारदेखि ४ नं जीतपुरमा शुरु भएको छ । तालिमको उद्घाटन गर्दै नगरकार्यपालिका सदस्य शान्ता पाण्डेले महिलालाई नेतृत्वमा ल्याउनका लागि महिलाहरुको क्षमता विकास हुनु पर्ने बताउनु भयो । महिलाहरु नेतृत्वमा आउन सके महिला माथि हुने हिंसा पनि कम हुने उहाँले जनाउनु भयो ।
संस्थाका अध्यक्ष सिता न्यौपानेको अध्यक्षता सचिव नमुना पौडेलको सञ्चालन , कोषाध्यक्ष लक्ष्मी गोतारको स्वागतमा भएको कार्यक्रममा सिद्धार्थ वचत तथा ऋण सहकारीका अध्यक्ष इन्दीरा भट्राई , राष्ट्रिय वुद्ध दर्पण दैनिकका सम्पादक पार्वती पाण्डे , इन्सेक प्रतिनिधि पार्वती आचार्य , सञ्चारीका समुहका सचिव शेरिफ केसी लगायतले बोल्दै महिलाहरुको प्रतिभा र क्षमतालाई प्रष्फुटन गर्न आवश्य रहेको बताउनु भयो । नगरभित्रका करिब ४१ जना महिलाहरुको सहभागीता रहेको तालिमको सहिजकरण मानवअधिकार एलाइन्सका केन्द्रीय सदस्य रोमाकान्त घिमिरेले गर्नु भएको थियो ।
३ माघ २०७९, मंगलबार
प्रतिक्रिया