प्रदेश

इसा अवार्ड प्राप्त डाक्टर रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई



काठमाण्डौ, ०५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा बधाई दिनु भएको छ ।

सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रचण्डले मानव कल्याणको क्षेत्रमा डाक्टर रुइतको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको बताउनुभयो ।

राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने पनि प्रचण्डको भनाइ छ । डाक्टर रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाउनुभएको छ । अवार्डसँगै डाक्टर रुइतले १३ करोड रुपैयाँ प्राप्त गर्नुहुनेछ ।

प्रकाशित : ५ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६