प्रदेश

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने



दाङ, ५ माघ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज बिहीबार विश्वासको मत लिंदैछन् । बिहिबार दिउँसो एक बजे बस्ने प्रदेश सभाको चौंथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन् ।

पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, जनमत पार्टीका तीन जना, लोकतान्त्रिक समाजवादी पार्टीका तीन जना र स्वतन्त्र दुई जनाको समर्थन छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ। सत्तापक्षको स्पष्ट बहुमत छ ।

प्रकाशित : ५ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६