प्रदेश

पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँः डा. सीके राउत



काठमाण्डौ, ०५ माघ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पदका लागि नभइ देशलाई सङ्कट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राउतले पदका लागि नभइ देशलाई सङ्कटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले राष्ट्रिय सहमति केका लागि हो भन्दै सदनमा प्रश्नसमेत गर्नुभयो । उहाँले मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोजेको हो भन्दै प्रश्न पनि गर्नुभयो । अनुहार, जाति र समुदायभन्दामाथि उठेर राष्ट्रिय सहमति खोज्न उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो, ‘सभामुखको चुनावका लागि विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको कुरा आयो । राष्ट्रिय सहमति केका लागि ? पदका लागि मात्रै हो कि ? देश सङ्कटमा परेको बेलामा राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन । पदका लागि मात्रै किन कुरा ? दलभन्दामाथिको कुरा गरिन्छ ।’

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरूलाई सम्मान गर्न संसदमा एक मिनेट मौनधारण गर्न आग्रह गर्नुभएको थियो । जसमा संसदमा उपस्थित धेरैजसो दल र सांसदले एक मिनेट उठेर मौन धारण गरेका थिए ।

प्रकाशित : ५ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६