प्रदेश

लुम्बिनीको बाँकेमा दादुराका बिरामी बढ्दै



बाँके, ०६ माघ । लुम्बिनी प्रदेशको बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए ।

उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा एक सय ९१ बिरामी फेला परेका छन् भने नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा तीन जना र कोहलपुर नगरपालिकामा दुई जना भेटिएका छन् । जिल्लामा अहिलेसम्म एक सय ५० निको भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ । ५८ घरमै उपचाररत छन् ।

नेपालगञ्जका ३१ हजार ४२ जना र खजुराका पाँच हजार नौ सय ७४ जना गरी ३७ हजार १६ बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइएको खोप फोकल पर्सन श्रेष्ठले बताए ।

नरैनापुर गाउँपालिकामा दादुराका बिरामी भेटिएपछि बालबालिकालाई बिहीबारबाट दादुरा रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

दादुराको जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समूहका करिब चौध हजार २२ जना बालबालिकालाई खोप लगाइने नरैनापुर स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहले बताए ।

नरैनापुरमा फैलिरहेको दादुरा महामारीलाई नियन्त्रणमा लिन खोप अभियान सुरु गरिएको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको उनको भनाइ छ ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६