प्रदेश

शौचालय नबनाउने विजयनगर गाउँपालिकाका कर्मचारीलाई कारवाही




कपिलवस्तु, ०६ माघ ।
आफ्नो घरमा शौचालय निर्माण नगर्ने चार जना सरकारी कार्यालयका कर्मचारी कलिवस्तुमा कारवाहीमा परेका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिकामा कार्यरत ती कर्मचारी कारवाहीमा परेका हुन् । गाउँपालिका तीन वर्षअघि नै खुल्ला दिशामुक्त घोषणा भइसकेको छ । तर यसको कार्यान्वयन कर्मचारीले नै नगरेको पाएपछि पालिकाले कारवाही गरेको हो ।

घरमा शौचालय नबनाएको भन्दै वडा नम्बर ७ को कार्यालयले विभागीय कारबाहीको लागि पालिकालाई सिफारिश गरेको वडाअध्यक्ष दिनेश चौधरीले बताए । विजयनगर गाउँपालिका कृषि शाखामा कार्यरत सञ्जयकुमार गुप्ता, तारा माध्यमिक विद्यालयमा कार्यरत जगनारायण गुप्ता, जनज्योति आधारभूत विद्यालयमा कार्यरत मुस्लिम मुसलमान र वडा नम्बर ३ मा कार्यरत सहयोगी दयाराम लोनियालाई विभागीय कारबाही गर्न पत्र पठाइएको छ ।

वडाले विगतदेखि सरसफाइको अभियान सञ्चालन गर्दै आएको भएपनि अटेरी गरेकोले कारबाही गरिने वडाध्यक्ष चौधरीले बताए । ‘पटक पटक आग्रह गरेको हुँ, अहिलेको समयमा शौचालय नबनाएर सरकारी कार्यालयमा काम गर्ने छुट कसैलाई छैन,’ चौधरीले भने, ‘वडाका सबै नागरिकहरूको स्वास्थ्यलाई मद्देनजर गर्दै सरसफाइ अभियान लागू गरेको छौं ।’

कारवाहीको सिफारिशमा परेका कर्मचारीलाई गाउँपालिकाले स्पष्टीकरण लिने गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताए । सरसफाइ अभियन्ताको रूपमा हुनुपर्ने व्यक्तिले शौचालय नबनाउनु गैरजिम्मेवार रहेको थापाको भनाइ छ ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६