प्रदेश

लुम्बिनीमा राष्ट्रिय सभाका एक सदस्यको उपनिर्वाचन माघ २५ गते




दाङ, ७ माघ । लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको माघ २५ गते हुने भएको छ । प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने भएको छ ।

उपनिर्वाचनका लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिएको छ । जसअनुसार माघको ८ गते मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी विरोध वा उजुरी, माघको ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेको छ ।

माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालीका रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ । प्रदेश भर १०९ स्थानीय तहका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रकाशित : ७ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६