प्रदेश

कपिलवस्तुको शुद्धोधनमा सवारी दुर्घटना, एकको मृत्यु आठ घाइते



कपिलवस्तु, ०७ माघ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पौने नौ बजे लु ४ त ५४११ नम्बरको ट्याक्टरले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । लु १ ख ४२२६ नम्बरको बसले ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकल यात्रीलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्बर ३ गुलरीको वर्ष ३० को विन्दकुमार कहारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार बसमा सवार छ जना र ट्याक्टरमा सवार दुई जना घाइते भएको बताउनुभयो । बस र ट्याक्टर चालक फरार रहको प्रहरीले जनाएको छ ।

प्रकाशित : ७ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६