प्रदेश

तटस्थ भूमिका खेल्ने प्रतिबद्धता गर्दै एमालेबाट सभामुख घिमिरेको राजीनामा



काठमाण्डौ, ०७ माघ । सभामुख देवराज घिमिरेले आफूले संवैधानिक मर्यादा र भूमिकालाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सभामुख पदमा निर्वाचित भइसकेपछि आज पहिलो बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सभामुखको तटस्थ निष्पक्ष र समन्वयकारी भूमिकामा आफू सचेत र क्रियाशील रहेको बताउनुभयो । उहाँले आफू सभामुखमा निर्वाचित भइसकेपछि विगतमा आवद्ध रहेको नेकपा एमालेका सबै जिम्मेवारी र भूमिका त्यागेर सभामुखको भूमिका निर्वाह गर्न लागेको बताउनुभयो ।

उहाँले संसद्मा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जीवन्तता हुने भन्दै स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधिसभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गर्ने पनि बताउनुभयो । उहाँले आफू बेलायती संसदीय अभ्यासको क्रममा विकसित भएको सरकार सत्तापक्षको, संसद प्रतिपक्षको भन्ने मान्यतामा प्रष्ट रहेको भन्दै संसद्लाई त्यसै अनुसार सञ्चालन गर्ने पनि बताउनुभयो ।

प्रकाशित : ७ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६