प्रदेश

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान



कपिलवस्तु, ०७ माघ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा एक युवा क्लवले देउसी भैलोबाट उठेको रकमले आफ्नो वडामा सिसिटिभी क्यामेरा जडान गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर स्थित मोतिपुर प्रगतिशिल युवा क्लवले देउसी भैलो २०७९ को संकलित रकमबाट मोतिपुरमा क्यामेरा जडान गरिएको जनाएको हो । करिब १ लाख ७० हजार बराबरको ६ वटा क्यामेरा जडान गरिएको क्लवले जनाएको छ ।

मोतिपुर प्रगतिशिल युवा क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेको अध्यक्षतामा शनिबार बिहान आयोजित एक कार्यक्रमबा बीच उक्त सिसिटिभी क्यामेराको उद्घाटन समेत गरिएको छ । फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरीको प्रमूख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरक्षक दिपकबाबु के.सी, वडा नम्बर ७ का वडा सदस्य हरिशंकर पौडेल, मोतिपुर खानेपानि संस्थाका अध्यक्ष शेषकान्त बेल्वासे लगाएतको आतिथ्यता रहेको थियो ।

क्लवले देउसी भैलोको रकम आफ्नो वडाको मुख्य स्थलको चौबिसै घण्टा निगरानी गर्ने उद्देश्यले क्यामेरा जडान गरेको जनाएको छ । मोतिपुर स्थित जन ज्योति मावि को अगाडी, हाटबजार प्रवेश स्थलसहित तीन स्थानमा ६ थान क्यामेरा जडान गरिएको क्लवका अध्यक्ष न्यौपानेले बताए । देउसी भैलोको रकम मनोरञ्जनका क्षेत्रमा खर्च गर्नुको साटो सामाजिक उत्थान र विकासका क्षेत्रमा पनि लगानी गर्न सके त्यसको प्रतिफल पनि राम्रो हुने उनले बताए । प्रगतिशिल युवा क्लवले सामाजिक क्षेत्रमा रचनात्मक कामहरु गर्दै आएको भन्दै उनले सिसिटिभी क्यामेरा जडानले यस क्षेत्रमा हुने दुर्घटना, चोरी जस्ता आपाराधिक गतिविधिमा निगरानी गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा क्लवका उपाध्यक्ष विनोद थापा मगरको स्वागत र सह सचिव सन्दिप थारुको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : ७ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६