प्रदेश

नेपाल किसान ट्रयाक्टर समितिको १८ औँ साधारण सभा, अनिवार्य लाईसेन्स भएको ट्याक्टर चालक हुनुपर्नेमा जोड




हरि घिमिरे,
कपिलवस्तु, ०७ माघ ।
नेपाल किसान ट्रयाक्टर समिति बाणगंगा ८ बोर्डगाउँ कपिलवस्तुको १८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको हलमा भएको बार्षिक साधारण सभामा संस्थाका महासचिव झबिन्द्र खनालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बिष्णु गिरीले आर्थिक प्रतिवेदन तथा संस्थाका बरिष्ठ उपाध्यक्ष एवम् दुर्घटना संयोजक बेचन यादवले दुर्घटना प्रतिवेदन तथा लेखा समिति संयोजक पदम रेग्मीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले ट्रयाक्टर धनीले ट्रयाक्टर किनेर मात्र नभई त्यसको नवीकरण उचित समयमा गर्नुपर्ने बताए । ट्रयाक्टर धनी किसानलाई सहज कसरि पार्न सकिन्छ भन्नका लागि लुम्बिनी प्रदेश र पालिका हरुले पनि चासोदिनु पर्नेमा समितिले पनि आवश्यक पहल गरिदिन आवश्यक रहेको सांसद पन्थीले बताए । साथै ३५ जना सदस्यबाट सुरु गरेको यस संस्थामा अहिले ७ सय भन्दा धेरै सदस्य संगठित हुनु संस्थाको गौरवको कुरा रहेको समेत बताए । पन्थीले भने ट्याक्टर व्यवसायले रोजगारीलाई पनि जोडेको छ, कम्तीमा हजारौ जनाले रोजगार पाएका छन्, हामिले संरक्षण गरेर अगाडि बढाउनु पर्छ । उनले ट्याक्टर चालकलाई अनिवार्य लाईसेन्स बनाएर अनुशासन पालना गर्न र मजदुरको सुरक्षामा समेत ध्यान दिन आवश्यक रहेकोमा जोड दिएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले किसान, ट्रयाक्टर व्यवसायी र संस्थाको सफलताको शुभकामना दिएका थिए ।
संस्थाका अध्यक्ष शंकर पौडेलले २१ आँै शताब्दिमा सुहाँउदो कृषि पेशालाई आधुनिकिकरण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै हाम्रो देश भुपरिवेष्ठित भएको निजि श्रोत र साधन पर्याप्त नभएको बताएका थिए । उनले सरकारले निजि श्रोत क्षेत्रलाई विशेष सहयोग पुग्ने खालका कार्यक्रम घोषणा गर्न आवश्यक रहेको औँल्याए । पौडेलले ट्रयाक्टरको कर्जा चुक्ता हुनासाथ बिक्रि गर्न चाहेमा तुरुन्त नामसारी गर्नुपर्ने तथा बिलबुकलाई नविकरण गर्दा कृषि र गैर कृषि भनि गरिने भेदलाई अन्त्य गर्नुपर्ने, ट्रयाक्टरहरु निर्विबाद रुपमा ढुवानी गर्न पाउनुपर्ने, खरिद गर्दा लिईने ऋणको ब्याज न्युन हुनुपर्ने लगायतका विभिन्न मागहरु समितिले जोडदार रुपमा उठाउदै आएको बताएका थिए ।

समितिका अध्यक्ष शंकर पौडेलको अध्यक्षता, उपाध्यक्ष अब्दुल सत्तार खाँको स्वागत मन्तब्य तथा महासचिव झबिन्द्र खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्य, समितिमा आवद्ध ट्रयाक्टर व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : ७ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६