ब्रेकिंग न्युज

वनको पहुँच सबैमा पुर्याउन साझेदारी वन सफल : सुबेदी



कपिलवस्तु ७ माघ
मायादेवी साझेदारी वन पटना कपिलवस्तुको चौथो साधारण सभा तथा अधिवेशनको शनिवार ४ नं मा शुभारम्भ गर्दै डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजय सुबेदीले वनको पहुँच सबैमा पुर्याउन साझेदारी वन सफल भएको बताउनु भयो । उहाँले मायादेवी साझेदारी वनको संरक्षण अतिक्रमण नियन्त्रण वन डढेलो नियन्त्रण र तारवार गरेर वनलाई संरक्षण र प्रवद्धन गरेको भन्दै समितिलाई धन्यवाद दिनु भयो । उक्त साझेदारी वनको साधारण सभा समुद्घाटन सत्रमा वैज्ञानिक वन व्यवस्थापन समितिका केन्द्रीय अध्यक्ष रेणु सेन , तिलौराकोट साझेदारी वनका अध्यक्ष जयप्रकाश पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उक्त वन व्यवस्थापन समितिका अध्यक्ष अब्दुल अजिज खाँले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
वाणगंगा , मायादेवी र शुद्धोधन गाउँपालिकाका १७ वडाका २२ हजार २ सय २९ घरधुरी यो वनका उपभोक्ता रहेका छन । २०७० बाट शुरु भएको साझेदारी वनले १० वर्षको योजना बनाई काम गर्दै आएको छ । पिपरा क्षेत्रमा ६ सय ५७ हेक्टर र पटना क्षेत्रमा १ हजार८३ हेक्टर गरि कुल १७ सय ४० हेक्टरमा उक्त वन फैलिएको छ । सो साधारण सभामा आव ७९÷८० का लागि सहायक वन अधिकृत शिव वहादुर के.शी.ले प्रस्तुत गरेको वार्षिक कार्यक्रम समेत स्वीकृत भएको छ । सो कार्यक्रममा ४ करोड ९३ लाखको अनु मानित वार्षिक वजेट समेत पारित गरिएको छ ।उद्घाटन समारोहको सञ्चालन हेमनाथ पौडेलले गर्नु भएको थियो ।

प्रकाशित : ७ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६