कपिलवस्तु ७ माघ
जनसेवा वहुमुखी सहकारी संस्था कपिलस्तुको नवनिर्वाचित नेतृत्वको शनिवार एक कार्यक्रमका विच पदस्थापन गरिएको छ । द्रोणराज सुबेदीको नेतृत्वमा १४ सदस्सीय कार्यसमिति र डिल्लीराज भुषालको संयोजकत्वमा ३ सदस्सीय लेखासमिति अधिबेशन बाट निर्वाचित भएको थियो । द्रोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै अध्यक्ष द्रोणराज सुबेदीले जनसेवाले वचत तथा ऋणका साथै विउ विजन प्रशोधनमा अग्रणी संस्थाका रुपमा स्थापना भएकाले यसलाई अझै शसक्त पार्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं सहकारीका सल्लाहकार बाबुराम आचार्यले जनमुखी सहकारीले उत्पादन र रोजगारी बढाउदै गएकोमा खुशी व्यक्त गर्नु भयो । कार्यक्रममा निर्वाचन समितिका संयोजक एवं लुम्बिनी प्रदेश सहकारीका कोषाध्यक्ष तेजप्रसाद आचार्यले पदभार ग्रहणमा सहजिकरण गर्दै सहकारीबाटै मुलुकको विकास भएको बताउनु भयो । सहकारीहरु सहकारीको भावना र उद्देश्य अनुसार जानु पर्ने जनाउनु भयो ।









प्रतिक्रिया