कपिलवस्तु, ०८ माघ ।
कपिलवस्तुको मायादेवी साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षमा दिनेश जसयसवाल निर्वाचित भएका छन् । शनिवार बाणगंगा ४ को पिस हिमालय रिसोर्टमा भएको वनको चौथो साधारण सभा तथा अधिवेशन बाट जसयसवाल निर्वाचित भएका हुन् ।
जयसवालले मायादेवी साझेदारी वन व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष तथा हालका अध्यक्षको उम्मेदवार रहेका अजिज खाँलाई पराजित गरेका हुन ।
कुल १ सय १२ मतदाता मध्ये निर्वाचनमा १ सय १० मत खसेको थियो । निर्वाचन मण्डलका अनुसार खाँले ३७ मत ल्याउँदा जयसवालले ५० मत ल्याएका थिए । निर्वाचनमा वनको उपाध्यक्षमा शैलेन्द्र कुमार यादव र चाँदनी कुमारी चौधरी निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेश सरकारले जारी गरेको वन ऐन अनुसार ५ बर्षे कार्यकालका लागि साझेदारी वनको चुनाव भएको हो । पूर्वी कपिलवस्तुको मायादेवी साझेदारी महत्वपूर्ण वन हो ।








प्रतिक्रिया