सुर्खेत, ०८ माघ । सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन्। गएराति साढे दुई बजेतिर बा ०१०२६ च ९२१३ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोलामा दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएको हो ।
दुर्घटनामा जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका ५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर गाउँपालिका ३ का ३३ वर्षका दीपेन्द्रजङ्ग शाही र गुराँस गाउँपालिका ३ का ३६ वर्षका राजेन्द्र बीसीको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै, २५ वर्षका भैरवी गाउँपालिका ५ का वीरेन्द्रराज शाही भने घाइते हुनुभएको छ । उहाँको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया