प्रदेश

वामपन्थी शक्तिहरुसँग ध्रुवीकरण गरेर जान विप्लव नेतृत्वको नेकपाको सुझाव



काठमाडौं, ०८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेताहरूले वामपन्थी प्रगतिशील शक्तिहरुबीच ध्रुवीकरण गरेर जान सुझाव दिएका छन् । पार्टी केन्द्रीय समितिमा बोल्ने अधिकांश नेताहरूले वामपन्थी प्रगतिशील शक्तिसँग मिलेर जान आग्रह गरेका हुन् ।

‘पार्टी विभाजन भएपछि पुनर्गठन गर्नुपर्ने छ । साथीहरूलाई केन्द्रीकृत गरेर संगठित गर्नुपर्छ भन्ने सुझावहरू आएका छन्’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘पहिला हाम्रो पार्टीलाई बलियो र व्यवस्थित बनाउने त्यसपछि प्रगतिशील वामपन्थी शक्तिसँग सहकार्य र एकता गरेर जानुपर्छ ।’

प्रतिबन्धको अवधिमा जेल परेका नेता कार्यकर्ताको रिहा र मुद्दा फिर्तामा भइरहेको ढिलाइप्रति नेताहरूले गुनासो राखेका छन् । ‘हामीले तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग सहमति गरियौँ । केपी ओली हुँदै शेरबहादुर देउवा र प्रचण्ड प्रधानमन्त्री भई सक्नुभयो सहमति कार्यान्वयन भएन’ ती नेताले भने, ‘अब सरकारसँग दबाब बढाएर मुद्दा फिर्ता र बन्दी रिहाको प्रक्रियालाई ढिला गर्नु हुन्न ।’ सरकारबाट प्रतिबन्धको अवधिमा मृत्यु भएका सहिद परिवारलाई क्षतिपूर्तिको व्यवस्था गराउन पहल गर्न नेताहरूले माग राखेका छन् ।

पार्टीको सचिवालय, स्थायी समिति, पोलिटब्यूरो बैठक सकिएको छ । अहिले केन्द्रीय समिति कपिलवस्तुको शिवगढीमा चलिरहेको छ । सोमबार बेलुकासम्म केन्द्रीय समिति बैठक सकेर बैठकको निर्णय सार्वजनिक गर्ने तयारी गरिएको छ । अहिले बैठकमा प्रगतिशील वामपन्थी शक्तिसँग मिलेर जान अधिकांश नेताहरूले सुझाव दिएको सचिवालय सदस्य सन्तोष बुढामगरले प्रतिक्रिया दिए । ‘अहिले नै वार्ता टोली बनाउने र तत्काल एकता गर्नेगरी ठोस निर्णय हुँदैन’ बुढामगरले भने,‘प्रगतिशील वामपन्थी शक्तिहरुसँग एकता आन्दोलनलाई मजबुत बनाउनेगरी डकुमेन्टेसन हुन सक्छ ।’ कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउँदा एकता र ध्रुवीकरणलाई जोड दिइने बुढामगरले बताए ।

गत पुस ३० गते नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा शिवगढी पुगेका थिए । वामपन्थी शक्तीहरूसँग एकता गर्न महराको नेतृत्वको पाँच सदस्यीय वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीको संयोजक महरा पुराना सहकर्मीसँग भेट गर्नुका साथै एकतामा जोड्ने उदेश्यका साथ पुगेका हुन् । तर, महरा विप्लवबीचको सामान्य छलफल मात्रै गरेर छुट्टिएका थिए । पार्टी बैठकमा किटेरै कुनै शक्तिसँग एकता गर्नेगरी विषयवस्तु नउठेको अर्का एक नेताले बताए । तत्काल आफ्नै पार्टीलाई व्यवस्थित गर्दै संसद् बाहिर भएका शक्तिसँग एकता र ध्रुवीकरणमा जाने हुन सक्ने ती नेताको भनाई छ । अरू संसदवादी कम्युनिस्टसँग आवश्यकता र औचित्यका आधारमा एकता र सहकार्य हुन सक्ने बताएको छ ।

प्रकाशित : ८ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६