प्रदेश

माओवादी र एकीकृत समाजवादीबिच एकता वार्ता



काठमाडौँ, ०९ माघ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । दुई पार्टीबीच आइतबारदेखि औपचारिक रुपमा वार्ता प्रारम्भ भएको हो । नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले आइतबारदेखि दुई पार्टीबीच औपचारिक संवाद सुरु भएको जानकारी दिँदै संवादलाई निरन्तरता दिने सहमति भएको बताए ।

पार्टी एकताका लागि यसअघि नै दुबै पार्टीले पार्टी समिति बनाएको थियो भने सोही समितिमार्फत आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाडामा पहिलो बैठक बसेको हो । पहिलो वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारी लगायत विभिन्न वैचारिक राजनीतिक विषयमा छलफल भएको थियो । यस्तै दुबै पार्टीले एकअर्काका दस्तावेजहरु आदानप्रदान गरेका छन् ।

आजको वार्ता सकारात्मक रहेको र दुई पार्टीबीच सम्वादलाई निरन्तरता दिने सहमति भएको उनले उनको भनाइ छ । वार्तामा नेकपा माओवादी केन्द्रका तर्फबाट वार्ता समितिका संयोजक कृष्ण बहादुर महरासहित गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत सहभागी थिए भने एकीकृत समाजवादीको तर्फबाट वार्ता समितिका संयोजक बेदुराम भुसालसहित ज्वाला र विजय पौडेलको सहभागिता थियो ।

यसअघि माओवादीले शनिबार नेपाल समाजवादी पार्टीसँग पनि वार्ता गरेको थियो । बैठकले तीन महत्त्वपूर्ण विषयहरूमा सहमति पनि गरेको थियो । नेसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठका अनुसार एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने सहमति भएको छ । यसैगरी वार्ता टोलीको अर्को बैठक माघ १० गते बस्ने पनि सहमति पनि भएको छ ।

हालै विचार मिल्ने पार्टीहरुसँग एकताका लागि भन्दै माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी र जसपासमेतले छुट्टाछुट्टै वार्ता समिति बनाएका थिए ।

प्रकाशित : ९ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६