प्रदेश

राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने, समयमै चुनाव गर्न माग



काठमाण्डौ, ०९ माघ । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज सोमवार बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।साथै कांग्रेसले राष्ट्रपति चुनाव समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । बैठकले ५ वर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपति पदबहाली हुने गरी राष्ट्रपति चुनावको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

संविधान र ऐनमा यस चुनावबारे केही विरोधाभाष देखिएकाले त्यसलाई हटाइ समयमै राष्ट्रपतिको चुनाव हुने गरी आवश्यक तत्परता देखाउन सरकार र निर्वाचन आयोगलाई सचेत गराइएको पार्टीका सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका लागि सम्पूर्ण खालको, एकताबद्ध तागत लगाउने आजको बैठकको निचोड छ । संविधान र ऐनको विषयमा केही विरोधाभाष देखिएको छ । मुख्यगरी संविधानको जे प्रबन्ध छ । संविधानको प्रबन्ध अनुसार राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दैछ । राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दै गर्दा त्यो दिन अर्को राष्ट्रपति हामीले पदबहाली गर्न मिल्ने गरी संविधान, कानुन र यसका मर्मअनुसार अर्को राष्ट्रपति त्यो ठाउँमा, पुर्याउने गरी चुनाव गर्नुपर्छ । फागुन २८ गतेसम्म अर्को राष्ट्रपति तयार भएर पुरानो राष्ट्रपति बिदाइ हुने र नयाँ राष्ट्रपतिलाई बहाली गर्ने अवस्था सृजना गर्नुपर्छ । त्यसका लागि नेपाल सरकार र निर्वाचन आयोगले तत्परता देखाउनु पर्छ।’

बैठकमा पार्टी सभापति देउवाले राष्ट्रपति चुनावमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुने गरी एकताबद्ध हुन पार्टीका नेताहरुलाई सचेत गराउनु भएको थियो । राष्ट्रपतिमा पार्टीको उम्मेदवारलाई जिताउने गरी पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय बैठकले गरेको सहमहामन्त्री पाण्डेले बताउनु भयो । रासस

प्रकाशित : ९ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६