दाङ ११ माघ । राष्ट्रिय सभा सदस्य उप निर्वाचनमा नेकपा एमालेका कुमार दसौदीले मनोनयन दर्ता गरेका छन् । सतारुढ दलको तर्फबाट उनले मनोनयन दर्ता गरेका हुन् ।दसौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य मिनाकुमारी श्रेष्ठ समर्थक रहेका छन् ।
माघ २५ गते हुने उपनिर्वाचनमा आज मनोनयनको कार्यतालिका थियो ।कांग्रेसको तर्फबाट माधव आचार्यले मनोनयन दर्ता गरेका छन्। उनीहरु दुबै रोल्पाका हुन् नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराइले राजिनामा दिएपछि रिक्त रहेको पदमा राष्ट्रियसभा सदस्य चयन गर्न उपनिर्वाचन गर्न थालिएको हो ।
प्रतिक्रिया