प्रदेश

बुटवल–पाल्पा सडक खण्डको केराबारीमा टिप्पर दुर्घटना चालकको मृत्यु



बुटवल, १२ माघ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको केराबारीमा टिप्पर दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ना ८ ख ७९२४ नम्बरको टिप्पर सडकबाट खोलामा खसेको हो ।

बुधबार राती भएको दुर्घटनामा चालक स्याङ्जा गल्याङ नगरपालिका–१ का राम्दीका सरोज न्यौपानेको ज्यान गएको हो । दुर्घटनाभई टिप्पर सडकबाट खसेपछि घटना स्थलमा पुगेको प्रहरीले बुधबार राती खोजतलास गर्ने अवस्थामा चालकलाई फेला नपारेपछि विहिबार विहान पुनः खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेका हुन् ।

प्रकाशित : १२ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६