प्रदेश

पुरस्कारको राशी बाट बिपन्न गरीव परिवारलार्ई कम्बल विवरण



कपिलवस्तु १२ माघ
कपिलवस्तु नगरपालिकाका गरीब तथा विपन्न परिवारलाई तौलेश्वरनाथ मन्दिर परिसरमा कम्बल विवरण गरिएको छ । भारत को गणतन्त्र दिवस तथा सरस्वती पूजाको अवसरमा लुम्विनी विकास कोषका निवर्तमान सदस्य तथा सामाजिक अभियन्ता राजेश ज्ञवालीले पच्चिस जना सहयोगापेक्षी, बिपन्न एवं गरीव परिवारलाई जाडोको न्यानो कम्बल वितरण गर्नु भएको हो ।
मधेश मानवअधिकार गृह ९माहुरी होम०को १५ औ साधारण सभामा नगद सहित पुरस्कृत भएका राजेश ज्ञवालीले आफुले पाएकोे पुरस्कार राशी बिपन्न गरीव परिवार माथी खर्च गर्नु भएको छ । उहाँले चिसोको कारण कोहि पनि न्यानो कपडाको अभावमा कठयाङ्रीएर ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ अहिले न्यानो कपडा उपलब्ध गराएको बताउनु भयो ।
कार्यक्रममा साझा प्रयास अभियानका संयोजक रवि ठाकुर ,नेपाली काँग्रेस पार्टीका कपिलवस्तु नगरपालिकाका नगर अध्यक्ष खुुर्सेद अहमद खाँ,नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य,समाजसेवी मुख्तार अहमद खाँ,सविता श्रेष्ठ,डा.सतीश उपाध्याय, तौलेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्तिथिमा कम्बल विवरण गरिएको थियो ।

प्रकाशित : १२ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६