प्रदेश

लुम्बिनी प्रदेशका सभामुख घर्तीद्वारा दल त्याग



रुपन्देही, १२ माघ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती वसन्त ले आफू सम्बद्ध राजनीतिक दल त्याग गरेका छन् । हालै लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका घर्तीले आफू आबद्ध दल नेकपा (माओवादी केन्द्रंं) बाट अलग भएको घोषणा गरेका हुन् ।

बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै सभामुख घर्तीले संविधानको धारा १८२ अनुरूप आफू सभामुखमा निर्वाचित भएको र संसदीय व्यवस्थाभित्र तटस्थताको सिद्धान्त अनुरूप आफूले दल त्याग गरेको उल्लेख गरेका छन् । अबदेखि स्वतन्त्र नागरिक भई सभामुखको जिम्मेवारीमा रहेको उनले प्रस्ट पारेका छन् ।

सभामुख घर्ती गत मङ्सिर ४ गतेको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । वि.सं. २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका घर्ती प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक समेत बनेका थिए ।

राजनीतिक रूपमा स्वच्छ छवि बनाएका सभामुख घर्ती यसअघि पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारी रहेका उनका स्वकीय सचिव दिनेश जिसीले जानकारी दिए । यी सबै जिम्मेवारी उनले त्याग गरेका छन् ।

प्रकाशित : १२ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६