हरि घिमिरे
कपिलवस्तु, १२ माघ ।
कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको १३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी आउन अब केही दिन मात्र बाँकी छ । महोत्सव व्यवसायीक प्रवद्र्धन, रोजगार संगै मनोरञ्जनका लागि भएको महोत्सवका निर्देशक छवि रेश्मी मगरले जानकारी दिए । उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्नु र रोजगारीलाई जोड्नु महोत्सवको मूल मर्म रहेको बताए । उनले समग्र कपिलवस्तुमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन र व्यावसायिक, पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन महोत्सवले भूमिका निर्वाह गर्ने जिकीर गरे ।
उनले जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रर्बद्धन गर्न महोत्सवको आयोजना गरिएको बताए । निर्देशक रेश्मीले १२ दिनसम्म लाग्ने मेला अवधिभर करिब २ हजार जनाले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाउने उनले बताए ।
निर्देशक रेश्मीका अनुसार गत बर्षहरुम आयोजना हुने मेलाको आंकडालाई हिसाब गर्दा मेला अवधिर करिब दुई हजार जनाले प्रत्यक्ष रुपमा ज्यालादारीमै काम पाउन सक्ने छन् ।
यसपटक पनि मेलामा ३ सय बढी स्टल रहँदा ७ सय बढीले रोजगारी पाउनेछन् । बाल उद्यानमा करिब २ सय, होटल तथा रेष्टुरेन्टमा डेढ सय, सुरक्षा र पार्किङतर्फ करिब २ सय जना रोजगारीमा जोडिन सक्ने रेश्मीले बताए । यस्तै भान्सा र सरसफाई, सचिवालय, काउण्टर, मनोरंजनात्मक कार्यक्रम र स्टेज, प्रचारप्रसार लगायतमा सयौँ ब्यक्ति जोडिने उनको भनाई छ ।
उहाँका अनुसार स्टल निर्माण सम्पन्न भइसकेको छ भने स्टेज र गेट निर्माणको काम चलिरहेको छ । मनोरञ्जनतर्फ पनि बाल उद्यान, पिङ लगायतका निर्माणका काम भइरहेका छन् । बिभिन्न समिति उपसमिति बनाएर अहिले द्रुत गतिमा आयोजकले काम गरिरहेको छ । सक्षम व्यवसायी, समुन्नत राष्ट्र, आत्मनिर्भर अर्थतन्त्र भन्ने मूल नारा बोकेर बुद्ध रंगशाला जितपुरमा यही माघ १७ गतेदेखि २९ गतेसम्म संचालन हुने महोत्सवको अहिले तयारी तीव्र छ ।
प्रतिक्रिया