प्रदेश

बढीमा कती बन्छन त मन्त्रालय ?



बुटवल १३ माघ । लुम्बिनी प्रदेशमा मन्त्रीको सङ्ख्या १० भन्दा नबढ्ने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । अरू प्रदेशमा मन्त्रालयको सङ्ख्यामा कटौती गरी मन्त्रिपरिषद् विस्तार हुँदै गर्दा लुम्बिनीमा भने मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । सत्ता साझेदार दलभित्र मन्त्रीका आकाङ्क्षी धेरै भएकाले मन्त्रालय भागबन्डा मिलाउन मुख्यमन्त्रीलाई कठिन भएको बताइन्छ ।
मुख्यमन्त्री लीला गिरीले मन्त्रालयको सङ्ख्या १७ बाट १० मा झार्ने बताएपछि मन्त्रिपरिषद् विस्तारमा चुनौती देखिएको हो । मुख्यमन्त्री गिरीले सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्रिपरिषद्को सङ्ख्या कटौती गर्न चुनौती रहेको बताउनुभयो । उहाँले जुनसुकै अवस्थामा पनि १० भन्दा माथि मन्त्रालयको सङ्ख्या बढ्न नदिने बताउनुभयो ।
मुख्यमन्त्री गिरीलाई समर्थन गर्ने दलको सङ्ख्या आठ रहेकोले सबै दललाई मिलाएर मन्त्रिपरिषद् विस्तारमा कठिनाइ देखिएको हो । ८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री गिरीलाई ५८ सांसदको समर्थन छ ।
प्रमुख सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता जोखबहादुर महरासमेत मन्त्री हुने लिस्टमा हुनुहुन्छ । उहाँ मातृशोकमा परेपछि लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तारमा केही दिन ढिलाइ भएको बताइएको छ ।
सरकारका प्रवक्ता चेतनारायण आचार्यले केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो । उहाँले लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० वटा मन्त्रालय कायम गर्ने सहमति भएको बताउनुभयो ।
मुख्यमन्त्री गिरीले पुस २७ गते नेकपा ९एमाले०बाट चेतनारायण आचार्य र नेकपा ९माओवादी केन्द्र०बाट कृष्णा केसीलाई बिनाविभागीयमन्त्री बनाउनुभएको छ । मन्त्रिपरिषद् विस्तार नहुँदा दुई मन्त्रीले पाउने मन्त्रालयको टुङ्गोसमेत लागेको छैन ।

प्रकाशित : १३ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६