प्रदेश

गुल्मीमा एक व्यक्ति मृत फेला



गुल्मी १३ माघ । गुल्मीको सदरमुकाम तम्घासमा बिहीबार एक व्यक्ति मृत फेला परेका छन् । रेसुङ्गा नगरपालिका –२, छापटोलास्थित कोठा भाडामा बस्दै आउनुभएका काठमाडौं टोखा नगरपालिका –२ सूर्यदर्शन घर भएका ३५ वर्षीय मधु क्षेत्री मृत फेला पर्नुभएको हो ।
क्षेत्रीलाई साथीले फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेपछि कोठामा खोजतलास गर्दा मृत अबस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
भित्रबाट चुक्कुल लगाएको र पटक –पटक बोलाउँदा नबोलेपछि कोठाको झ्यालबाट भित्र हेर्दा कोठाभित्र खाटमा मृत अबस्थामा फेला परेको निमित्त प्रहरी प्रमुख माधबराज खरेलले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

प्रकाशित : १३ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६