प्रदेश

भैरहवा भन्सारमा राजश्व बिगतमा भन्दा आधा मात्रै सकंलन



लुम्बिनी १३ माघ । मुलुककै दोस्रो ठुुलो नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयमा यसबर्ष बिगतमा भन्दा आधा मात्रै राजश्व सकंलन भएको छ । तथ्यांकले अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा झण्डै आधाले राजश्व संकलनमा गिरावट आएको हो ।
गत आर्थिक वर्ष २०७८–२०७९ को पुस मसान्तसम्म बेलहिया नाका हुँदै १ खर्ब ६२ अर्ब ९१ करोडमा मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड राजश्व संकलन भएको थियो । चालु आर्थिक वर्ष २०७९–२०८० मा भने १ खर्ब १२ अर्ब ९३ करोडका मालबस्तु मात्रै आयात भएको छ । यसबाट ३५ अर्ब ४४ करोड मात्रै राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिनुुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष ३१ अर्ब ७३ करोड अर्थात् ४७ प्रतिशत राजश्व संकलनमा कमी आएको छ । भन्सार प्रमुख पौडेलका अनुसार केही मालवस्तु आयात गर्दा अनिवार्य मार्जिन राख्नु पर्ने र पैठारीमा लगाइएका प्रतिबन्धका कारण राजश्व संकलन यस वर्ष खुम्चिएको हो । पछिल्ला दिनहरुमा सरकारले यो प्रावधान हटाएकाले राजश्वमा बृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुुभयो ।
सरकारले जिप, कार र भ्यान लगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नु पर्ने व्यवस्था गराएको थियो । जसले गर्दा यी वस्तु आयात निकै कम थियो । भन्सार कार्यालयका अनुसार अनिवार्य मार्जिन राख्नु पर्ने प्रावधानका कारण अघिल्लो वर्ष भन्दा यस वर्ष ती वस्तुबाट २३ अर्ब ८९ करोड राजश्व असुली कमी भएको छ । यस्तै, जिप, कार र भ्यान बाहेक पैठारी प्रतिबन्ध लगाइएका अन्य बस्तुबाट अघिल्लो वर्षको तुलनामा यस वर्ष ३ अर्ब ३५ करोड राजश्व असुली कमी भएको छ । यस्तै, विगतका वर्षहरुमा नियमित आयात हुने वस्तु पनि यस वर्ष घटेको छ । यसबाट ४ अर्ब ४९ करोड राजश्व प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित : १३ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६