प्रदेश

सीता एअरले दाङको टरीगाउँ विमानस्थलमा आज परीक्षण उडान भर्ने



दाङ, १३ माघ । दाङको तुलसीपुर–१२ टरीगाउँ मा रहेको विमानस्थलमा निजी विमान कम्पनी सीता एअरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एअरले आज परीक्षण उडान गर्दैछ ।

तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एअरको विमानले परीक्षण उडान भर्ने तय भएको छ । निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ, उहाँले भन्नुभयो । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । अहिले नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइवार, मङ्गलवार, बिहीवार र शनिवार उडान हुने गरेको छ । टरीगाउँ मा इन्धन डिपो पनि सञ्चालनमा आएको छ ।

अहिले दाङबाट काठमाण्डौको न्यूनतम भाडा ८ हजार ८ सय १० तथा काठमाण्डौबाट दाङको भाडा न्यूनतम ९ हजार र अधिकतम १२ हजार रुपैयाँ रहेको छ । अहिले कायम रहेको ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ । रासस

प्रकाशित : १३ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६