प्रदेश

पातिहाल्ने–लुकुम सडकखण्ड डेढ वर्षदेखि अलपत्र



रुकुमपूर्व १४ माघ । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१, पातिहाल्ने–लुकुम खण्डको १३ किलोमिटर सडक कालोपत्रेको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७२र७३ मा कालोपत्रे तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि काम हुन सकेको छैन। कालोपत्रेका लागि जिम्मा पाएको सिद्धि शाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्कविहीन भएको छ। मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इन्जिनियर हुमनाथ पौडेलका अनुसार कालोपत्रेका लागि ठेक्का पाएको निर्माण कम्पनी डेढ वर्षदेखि सम्पर्कमा छैन। उहाँले भन्नुभयो, “कालोपत्रेका लागि पटक–पटक ताकेता गरियो तर निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न सकेन। पछिल्लो समयमा ठेकेदार सम्पर्कविहीन भए।”
यस खण्डमा कालोपत्रेका लागि ३८ करोड रुपियाँ हाराहारी बजेट रहेको थियो। उक्त बजेट हाल ३० करोड हाराहारीको काम भएको पौडेलको भनाइ रहेको छ। ३० करोड बजेट खर्च हुँदा हालसम्म ८२ प्रतिशत काम भएको इन्जिनियर पौडेलले जानकारी दिनुभयो। कालोपत्रेका लागि ग्राबेल, नाली कटिङ, ग्याबिन तथा जाली हाल्ने काम अन्तिम चरणमा रहेको बताइन्छ। कामको जिम्मा पाएको ठेकेदार सम्पर्कविहीन भएपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखले ठेक्का तोड्न सूचना प्रकाशन गरेको थियो। उक्त सूचना प्रकाशन भएपछि सिद्धि शाहीका ठेक्का साझेदारी निर्माण व्यवसाय खिन्टी महादेव कन्स्ट्रक्सन सम्पर्कमा आएको इन्जिनियर पौडेलले जानकारी दिनुभयो। समयमै काम सम्पन्न गर्न नसकेपछि विभिन्न मितिमा तीन पटकसम्म म्याद थप गरिसकिएको छ। अहिले चौथो पटक आउँदो असार मसान्तसम्म म्याद थप गरिएको छ।

प्रकाशित : १४ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६