प्रदेश

बहुविवाहको कसुरमा चारजना पक्राउ



गुल्मी १४ माघ । गुल्मीमा बहुविवाहको कसुरमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले बहुविवाहको कसुरमा दुई पुरुष र दुई महिलालाई प्रक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार जिल्लाको गुल्मीदरबार गाउँपालिका ३ का ३६ वर्षीय बजिन्द्र झाक्रीले मुसिकोट नगरपालिका–३ की ३० वर्षीय महिलालाई दोश्रो विवाह गरेको आरोपमा प्रक्राउ गरिएको हो । झाँक्रीकी जेठी श्रीमतीले आफ्नो श्रीमानले दोश्रो विवाह गरेको भन्दै जाहेरी दिनु भएको थियो ।
त्यस्तै, रेसुङ्गा नगरपालिका ८ अस्थायी डेरा गरी बस्ने २५ वर्षिय आशिष थापालाई पनि प्रहरीले प्रक्राउ गरेको छ । उनले सोही स्थानकी २५ वर्षिय महिलालाई दोस्रो विवाह गरेको आरोपमा उनीहरुलाई प्रक्राउ गरिएको हो । थापाकी जेठी श्रीमतीले पनि आफ्नो श्रीमानले दोश्रो विवाह गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
उनीहरुलाई प्रक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

प्रकाशित : १४ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६